नेपालले जित्यो ओमान विरुद्दको खेल

आईसीसी वर्ल्डकप लीग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । नेपालको जितमा सन्दीप लामिछाने र करन केसीको उत्कृष्ट बलिङ रह्यो । यसैगरी ओमानले दिएको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । उनले ४६ बल खेल्दै ५२ रन बनाए ।

मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९ ‍औं ओभरमा लक्ष्य भेटेको हो ।
नेपाली कप्तान मल्लले दोश्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको साझेदारी गरे । ४४ बल खेलेका शेखले ४० रन बनाए । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६ रन बनाएर आउट भएका थिए ।

टस जितेर फिल्डिङ रोजेको नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप लामिछाने र करन केसीले समान ४ विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो । ओमान ३८ ओभर खेल्दै १२१ रनमा अल आउट थियो । यस्तै शरद भेषवाकरले भने २ विकेट लिए। लामिछानेले १८ रन खर्चेर ४ विकेट लिएका हुन् भने करनले २५ रन खर्चेका थिए । नेपाल यसअघिको खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित भएको थियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: