नेपालीलाई आज देखि युएई प्रवेशमा थप सहज

संयुक्त अरब ईमिरेट्स (युएई) ले युएई छोडेको ६ महिना कटेकाहरुलाई पुन: युएई प्रवेश सहज बनाएको छ । तर त्यसरी जानेहरुले कोभिड १९ विरुद्दको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ भनें भिसाको म्याद कायम हुनुपर्नेछ । त्यस्ता व्यक्तिहरुलाई आज (सेप्टेम्वर १२) देखि प्रवेश सहज बनाउने जानकारी युएईको सम्वन्धित सरकारी निकायले दिएको छ । ईमिरेट्स न्यूज एजेन्सी (वाम) का अनुसार भिसाको म्याद बाँकी रहेका, खोपको मात्रा पूर्ण लगाएकाहरुलाई युएई छोडेको ६ महिना कटेको भएपनि प्रवेश दिईने भएको हो ।

यस अगाडी गत अगष्ट ५ देखि कोभिड १९ विरुद्दको खोपको पूर्ण मात्रा लगाएकाहरुलाई युएई प्रवेशमा सहज बनाइएको भएपनि युएई छोडेको ६ महिना कटिसकेकाहरुका सम्वन्धमा भनें के गर्ने भन्ने व्यवस्था थिएन । युएई छोडेपनि कोभिडका कारण फर्किन नपाएकाहरुलाई नयाँ व्यवस्थाले सहज हुनेछ ।

युएईका जिम्मेवार निकायहरु एनसिईएमए तथा आइसिएले गरेको निर्णय अन्तर्गत नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिविया, जिम्वावे लगायतका मुलुकबाट जानेहरुले प्रवेश अनुमति पाउनेछन् । एनसिईएमएले ट्वीटर मार्फत यसको जानकारी दिएको छ ।

यसरी युएई जानेहरुले विश्व स्वास्थ्य संगठनद्दारा मान्यता प्राप्त कुनै पनि खोपको पूर्ण मात्रा लगाएको भएमा तथा वैधानिक रुपमा भिसा अवधि कायम रहेमा प्रवेश अनुमति पाउने वामको समाचारमा जनाइएको छ । ६ महिना भन्दा बढी समय युएई भन्दा बाहिर रहेपनि आवासिय अनुमतिको म्याद काम भएमा त्यस्ता व्यक्ति युएई प्रवेश गर्न पाउने छन् ।

युएई प्रवेश गर्न चाहनेहरुले आईसिए, युएईको वेभसाईट मार्फत आवेदन दिनुपर्नेछ । सो निकायबाट अनुमति लिएको हुनुपर्ने शर्त राखिएको छ । यसरी युएई जाने यात्रुले युएईको उडान अगाडी कोभिड १९ विरुद्दको खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

यसरी युएई जानेहरुले पछिल्लो ४८ घण्टाभित्र परीक्षण गरिएको कोभिड नेगेटीभ रिपोर्ट पनि साथमा हुनु पर्नेछ । त्यस्तो रिपोर्ट क्यूआर कोड सहितको हुनुपर्नेछ । सो रिपोर्ट उडान अगावै पेश गर्नुपर्दछ । यसरी युएई जानेहरुको र्यापिड पिसिआर टेष्ट उडान अगाडी गरिने, युएई पुगेको चौथो तथा आठौं दिनमा पनि पिसिआर परीक्षण हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय