भाषा परिक्षाका लागि तोकिए ११ परीक्षा केन्द्रहरु

इजरायलको रोजगारीका लागि अंग्रेजी भाषा परीक्षाका लागि वैदेशिक रोजगार विभागले ११ वटा परीक्षा केन्द्रहरु तोकेको छ । तोकिएका परीक्षा केन्द्रहरुमा कलंकीस्थानको एलआरआई विद्यालय, विश्व निकेतन उच्च मावि (त्रिपुरेश्वर), दरबार विद्यालय साधारण (भानु मावि),रानीपोखरी रहेका छन् ।

यसैगरी मदन भण्डारी मेमोरियल कलेज (नयाँबानेश्वर), एम्बिसन एकेडेमी(नयाँबानेश्वर), नोबेल एकेडेमी (नयाँबानेश्वर), कोटेश्वर सरस्वती मावि (कोटेश्वर), कोटश्वर बहुमुखी क्याम्पस (जडीबुटी), गान्धी आदर्श मावि (गोठाटार), साउथ वेस्टर्न कलेज (वसुन्धारा) र गोल्डेनगेट इन्टरनेशनल कलेज (बत्तिसपुतली) रहेका छन् ।

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने छ । त्यसमध्ये अङ्ग्रेजी भाषाको लिखित परीक्षाको पूर्णाङ्क ८० हुनेछ भनें बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अङ्क छुट्टाइएको छ ।

इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिएका छन् । त्यसमध्ये आवेदन दिनेमा ५ हजार ४९९ जना पुरुष छन् भने ४ हजार २ सय महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायल सरकारले पहिलो चरणमा ‘केयर गिभर’लाई प्राथमिकतामा राखेर १ हजार श्रमिक लैजाने भएको छ । त्यसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सरकारले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय