सीप परियोजनाका लागि स्वीस अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले स्वीस सरकारको सहयोगमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने एक अर्ब ९३ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७८र८९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशतले बृद्धि भएको सामाजिक सुरक्षा भत्ता, मासिक भत्ता कायम गर्ने निर्णय समेत गरिएको छ। माओवादी सेनाका घाइते अपांग लडाकुहरु, सशस्त्र द्वन्द्व ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनका घाइते र अपांगहरुको लागि पुनर्स्थापना एवं हेरचाह दोस्रो संशोधन निर्देशिका २०७८ पनि स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: