ईजरायलको रोजगारीका लागि भाषा परीक्षाको मिति तोकियो

ईजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जान ईच्छुक भई आवेदन दिएकाहरुको अंग्रेजी भाषाको लिखित परीक्षाको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागले एक सुचना जारी गर्दै आवेदन दिएर दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको भौतिक उपस्थितिमा नै परीक्षा गर्ने जनाएको हो ।

विभागद्दारा प्रकाशित सुचना अनुसार काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरुमा भाषा परीक्षा हुनेछ । यसका लागि भाद्र २८ गते सोमवार दिनको १:०० बजेको समय तोकिएको छ ।

दरखास्त स्वीकृत भएका परीक्षार्थीहरुको परीक्षा केन्द्र अनलाइन मार्फत प्राप्त हुने प्रवेश पत्रमा उल्लेख गरिएको हुने तथा विभागको वेभसाइट मार्फत पनि हेर्न सकिने विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: