युरोप पठाइदिने नाममा रकम उठाएको अभियोगमा एकजना पक्राउ

वैदेशिक रोजगारको क्रममा युरोप मुलुक पठाइदिने प्रलोभन देखाई ठगि कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । लिथुवानिया पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले रामेछाप गोकुलगंगाका पोशबहादुर सुनुवारलाई बुधबार पक्राउ गरिएको हो । सुनुवारले वर्किङ भिसामा लिथुनिया पठाइदिने भन्दै ६ जना युवाहरुबाट एक–एक लाख रुपैयाँका दरले अग्रिम ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

प्रहरीले सुनुवारलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ । ठगीमा संलग्न सुनुवारलाई वैदेशिक रोजगार ऐन अनुसार कारवाही हुन्छ, वैदेशिक रोजगार ऐन अनुसार कुनैपनि व्यक्तिलाई वैदशिक रोजगारीमा पठाउन अनुमति छैन ।

कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाउने गिरोहमा संलग्न भई काम गरेको प्रमाणित भएमा जरिवाना सहित जेल सजायको व्यवस्था छ । साथै विदेश पठाएर अलपत्र पारेको उजुरी परेमा मानव तस्करीको मुद्धा आकर्षित हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: