खोपका बारेमा नयाँ नियम, मान्यता नदिइएका खोप लगाएको भएमा तेश्रो मात्रा पनि लगाएको हुनुपर्ने

कुवेतले आफ्नो मुलुकमा प्रवेश गर्न चाहने विदेशी नागरिकले सिनोफार्म, सिनोभ्याक तथा स्पुतनिक मध्ये कुनै खोप लगाएकाहरुले खोपको तेश्रो मात्रा लगाएको भएमा कुवेत सरकारले मान्यता दिएको खोपको तेश्रो मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको छ । कुवेत सरकारले फाइजर, मोडेर्ना, अक्फोर्ड अष्ट्रोजेनेका तथा जोनसन एण्ड जोनसनको खोपलाई मान्यता दिएको छ ।

यस अगाडी कुवेतले नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र ईजिप्टबाट हुने सिधा उडान सुचारु हुने घोषणा गरेको थियो । कुवेतले दैनिक १० हजार व्यक्तिलाई मात्र उडान अनुमति दिंदै आएकोमा त्यसलाई बढाएर दैनिक १५ हजार बनाउने घोषणा गरिसकेको छ ।
कुवेतले बनाएको नयाँ नियम अनुसार सो मुलुकमा जान चाहने नेपालीहरुले भेरोसेल लगाएको भएमा कुवेतले मान्यता प्रदान गरेका मध्ये कुनै एउटा कम्पनीको खोप तेश्रो मात्राका रुमपा लगाएको हुनुपर्नेछ । यदि जोनसन एण्ड जोनसनको खोप लगाएको भएमा भनें अर्को मात्रा आवश्यक पर्नेछैन । सो खोप एकमात्रा मात्र लगाउनु पर्ने खोप हो ।

खोप लगाएको भएपनि कुवेत जान चाहनेहरुले पछिल्लो ७२ घण्टा भित्रको पिसिआर परीक्षणको नेगेटीभ सहितको रिपोर्ट साथमा हुनुपर्नेछ । खोप लगाएको भएमा पनि ७ दिन क्वारेण्टीनमा बस्नु पर्ने, यदि छिट्टै बाहिर निस्कन चाहेमा कुवेतमा पुगेपछि पिसिआर परीक्षण गर्नुपर्ने लगायतको नियम रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । गत अगष्ट १ तारिखदेखि खोपको पूर्ण मात्रा लगाएका विदेशीलाई कुवेतले प्रवेश अनुमति दिंदै आएको छ ।

घरेलु श्रमिकका लागि जानेहरुले भनें खोप नलगाएको भएपनि प्रवेश अनुमति दिइने तर उनीहरुले १४ दिन क्वारेण्टीनमा बस्नुपर्ने नियम रहेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: