इजरायलको परीक्षा लोकसेवा मोडलमा

इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै लिखित तथा मौखिक परीक्षा लोकसेवा आयोगले अबलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जनाएको हो ।

सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल १ हजार जना सहायक कामदारको माग भएकोले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रिया बमोजिम ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिएका छन् ।वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको मिहिन अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदनकहरू लिखित परीक्षामा सहभागी हुनेछ ।

इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णत: योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । मन्त्रालयको तर्फबाट सम्बद्ध कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।

साथै, गैरकानूनी रुपमा रकम असुल गर्ने वा कानून विपरीतका कार्य गरी नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताको प्रतिकुल हुने कार्य हुने जोसुकै व्यक्ति वा संस्थाका सम्बन्धमा प्रचलित कानून बमोजिम भइजाने व्यहोरा समेत जानकारी दिएको छ ।

मन्त्रालयले यसअघि सम्झौता कार्यान्वयन गर्ने ‘नेपाल सरकारले इजरायमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ जारी गरिससकेको छ । साझासवालबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय