वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्षको निधन

राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।
कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष थिए । उनी सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य थिए ।

वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उनी नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष थिए । नका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: