वैदेशिक रोजगारमा जानेहरुको खोपको प्रमाणपत्र मेनपावर कम्पनी मार्फत नै

रोजगारीका लागि विदेश जानेहरुले कोरोना विरुद्दको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रका लागि अवदेखि मेनपावर कम्पनीहरुले नै प्रकृया गर्नुपर्ने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार श्रम मन्त्रालयसँग भएको छलफलमा यस्तो व्यवस्था गर्ने तय भएको हो ।

संघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार मेनपावर कम्पनीहरुले सम्वन्धित श्रमिकको खोपको क्यूआर कोड सहितको प्रमाणपत्रका लागि अनलाइन मार्फत विवरण दर्ता गर्नुपर्नेछ । यसरी आवेदन दिइएका श्रमिकको क्यूआर कोड सहितको प्रमाणपत्र स्वास्थ्य सेवा विभागले ईमेल मार्फत सम्वन्धित मेनपावर कम्पनीलाई नै पठाउने सहमति भएको संघका महासचिव श्रेष्ठले जानकारी दिएका छन् । खोपको क्यूआर कोड सहितको प्रमाणपत्र नपाउँदा रोजगारीका लागि विदेश जाने श्रमिक समस्यामा पर्दै आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: