साउदीमा खोसिंदै विदेशी श्रमिकको रोजगारी

साउदी अरबले मुलुकमा उपलव्ध रोजगारी आफ्नै नागरिकका लागि सुरक्षित गर्ने उद्देश्यले थप केहि क्षेत्रको रोजगारीमा केवल स्वदेशी नागरिकलाई मात्र राख्न पाउने नीति कार्यान्वयनमा ल्याएको छ । गत सातादेखि केहि मलहरुमा सिमित काममा बाहेक विदेशी नागरिकलाई रोजगारीमा राख्न नपाउने अभ्यास कार्यान्वयनमा ल्याएको हो ।

गत हप्तादेखि साउदी अरबका केहि सपिंग मलहरुमा यो अभ्यास सुरु भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । पछिल्ला केहि बर्षयता साउदी अरेवियाले साउदीकरण अभियान अगाडी बढाइरहेको छ । यसले मुलुकमा उपलव्ध रोजगारीमा साउदी नागरिकहरुलाई नै आवद्द गर्ने लक्ष्य राखेको छ । यसले विदेशी श्रमिकमा रहेको निर्भरतालाई घटाउने अपेक्षा साउदी सरकारले राखेको छ ।

गत अप्रिलमा सामाजिक विकास मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका क्रममा मलहरुमा सिमित काम बाहेक अन्य काममा शत प्रतिशत साउदी नागरिकलाई नै रोजगारीमा राख्नु पर्ने नियम कार्यान्वयनमा आएको हो । यसले साउदी नागरिकहरुका लागि थप ५१ हजार रोजगारी उपलव्ध हुने जनाइएको छ । क्याफे तथा रेष्टुराँहरुमा भनें ५० प्रतिशत विदेशी नागरिकलाई रोजगारीमा राख्न पाइने व्यवस्था छ । यसैगरी हाईपर मार्केट तथा सुपरमार्केटहरुमा पनि यस्तै व्यवस्था रहेको समाचारमा जनाइएको छ ।

सफाई कार्य, सामान ओसारपसार गर्ने, मर्मतसम्हारको कार्य तथा हजामको काममा भनें साउदीकरण गरिएको छैन । ति काममा विदेशी श्रमिक राख्न रोजगारदाताहरु स्वतन्त्र छन् । साउदी अरबको नयाँ नियम अनुसार सपिंग मलहरुमा कार्यरत कुल श्रमिक मध्ये २० प्रतिशत भन्दा बढी विदेशी हुन पाउने छैनन् । उनीहरुका लागि छुट्टै पहिरनको व्यवस्था हुनु पर्नेछ ।

चार महिना अगाडी नै गरिएको मन्त्रीस्तरिय निर्णय गत अगष्ट ४ तारिखदेखि कार्यान्वयनमा आएको जनाइएको छ । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि सो समयावधि उपलव्ध गराएको थियो । कुनै रोजगारदाताले अव उपरान्त सो निर्णय कार्यान्वयन नगरेमा आर्थिक जरिवाना तथा सजाय हुने चेतावनी दिइएको छ । साउदी अरबले एकाउण्टेट, कार्यालयका प्रशासनिक काम लगायतमा यस अगाडी देखि नै साउदी नागरिकलाई प्राथमिकता दिनुपर्ने नीति लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय