‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज लगाए पुग्ने खोप

मलेसियाको पेनाङमा ‘अवैधानिक’ रुपमा बस्दै आएका विदेशी श्रमिकलाई एक डोज दिए पुग्ने कोभिड १९ विरुद्दको खोप दिइने भएको छ । कोभिड-१९ खोप टास्क फोर्सले खोप दिने प्रवन्ध गरेको मलेसियामा सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेनाङका स्वास्थ्य प्रमुखका अनुसार अवैधानिक रुपमा बस्दै आएका विदेशीहरुलाई एक डोज मात्र दिए पुग्ने खोप लगाइने छ । उनले अवैधानिक रुपमा बस्दै आएकाहरु त्था शरणार्थीहरुलाई एकैपटक खोप दिन लागिएको जानकारी दिएका छन् ।

गत जुन महिनामा एक सञ्चार माध्यममा डक्टर विथ आउट वोर्डर्स तथा युएनएचसीआरसँगको समन्वयमा पेनाङमा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिकहरु तथा शरणार्थीहरुलाई खोप लगाइने समाचार प्रकाशित भएको थियो ।

त्यसरी खोप लगाउनेहरु झण्डै २० हजारले आवेदन दिने अपेक्षा गरिएपनि पक्राउ परिने त्रासका कारण धेरैले आवेदन नदिएको जनाइएको छ । युएनएचसीआरले शरणार्थीहरु एक ठाउँबाट अर्को ठाउँमा सरिरहने भएका कारण उनीहरुका लागि एक डोज लगाए पुग्ने खोप प्राथमिकतामा राखेको समाचारमा जनाइएको छ ।

पेनाङका स्वास्थ्य प्रमुखले सार्वजनिक निजि साझेदारी अन्तर्गत ६ हजार विदेशी श्रमिकले खोप लगाएको बताए । मलेसियाले आफूसँग काम गर्ने श्रमिकको न्यूनतम शुल्क रोजगारदाताहरुले तिरेर कोभिड १९ विरुद्दको खोप लगाउने व्यवस्था गरेको छ । MySejahtera एप मार्फत रजिष्टर गरेका विदेशी श्रमिकलाई खोप प्रदान गरिने स्थानीय जिम्मेवार सरकारी अधिकारीहरुले बताएका छन् । गत जुलाई २५ मा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिक तथा शरणार्थीहरुलाई खोप प्रदान गरिने सम्वन्धि कार्यविधि राष्ट्रिय खोप कार्यक्रमले स्वीकृत गरेको थियो । खोप कार्यक्रम मलेसियन रेड क्रिसेन्ट मार्फत सञ्चालन गर्ने मलेसियाको सरकारको योजना छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: