वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिन बोर्डको आग्रह

वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि आवेदन दिन सूचित गरेको छ । वोर्डको सचिवालयले एक सूचना निकाल्दै निवेदन दिन आह्वान गरेको हो ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर विरामी भएका श्रमिकका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्तिका लागि आफु अध्ययनरत शैक्षिक संस्थामा २०७८ साल असोज मसान्तभित्र निवेदन दिन सकिने वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।वैदेशिक रोजगार छात्रवृति सञ्चालन कार्यविधि, २०७१ को तोकिए बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने उनले बताए ।

विद्यार्थीले निवेदन पेश गर्ने निकाय

आफू अध्ययनरत शैक्षिक संस्थामा अनुसुचि १ बमोजिमको ढाँचामा

छात्रवृत्तिका लागि निवेदन दिने आधारहरु

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभग वा विरामी भई वैदेशिक रोजगार वोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका श्रमिकका छोराछोरी हुनु पर्नेछ ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरह देखि कक्षा १२ सम्मका १८ बर्ष मुनिका बालबालिकाहरुले मात्र निवेदन दिन सक्नेछन्।

मिति २०७८ श्रावण मसान्तसम्म उपरोक्त अनुसारको आर्थिक सहायता प्राप्त गर्ने श्रमिकका बालबालिकालाई मात्र शैक्षिक सत्र २०७८ को छात्रवृत्ति उपलब्ध गराइनेछ।

निवेदनसाथ सलग्न गर्नुपर्ने कागजातहरु (हालसम्म छात्रवृत्ति प्राप्त नगरेकाहरुका लागि)

श्रमिकको श्रम स्वीकृतिको निस्सा स्टिकरको प्रतिलिपि,

निवेदकको सरक्षकको नागरिकताको प्रतिलिपि,

वैदेशिक रोजगारमा गई मृत्यु भएका श्रमिकको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि,

वोर्डबाट आर्थिक सहायता प्राप्त गरेको प्रमाणित हुने श्रमिकको राहदानीको प्रतिलिपि र राहदानी नम्वर,

वैदेशिक रोजगारमा गई सोही क्रममा अशक्त भएका रुश्रमिकको पूर्णरुपमा अशक्त भएको प्रमाण कागज,

विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि,

निवेदक, संरक्षक र श्रमिक विचको नाता प्रमाणको प्रतिलिपि,

सम्बन्धित स्थानीय तहको सिफारिस,

छात्रवृत्ति प्राप्त गरिरहेका वालवालिकाका लागि

विद्यार्थीको निवेदन,

अध्ययनरत विद्यालयको कक्षा खुल्ने सिफारिस पत्र,

श्रमिकको राहदानीको प्रतिलिपि ।

छात्रवृत्तिको सीमा

वार्षिक रुपमा आधारभूत तहका लागि रु ८००० (आठ हजार) र माध्यमिक तहका लागि रु ृ१२,००० (बाह्र हजार) प्रदान गरिने छ ।

एक जना विद्यार्थीलाई एउटा कक्षामा १ पटकका लागि मात्र वार्षिक रुपमा एकमुष्ट वैदेशिक रोजगार छात्रवृत्ति उपलब्ध गराइनेछ ।

थप जानकारी श्रम कल सेन्टरको टोल फि नं ११४१, वैदेशिक रोजगार बोर्डको फोन नं ०१ ५३२०३११,४३३ वेवसाइट www.feb.gov.np बाट प्राप्त गर्न सकिने वोर्डले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय