कतार जानेहरुका लागि मापदण्ड अद्यावधिक: खोप, खोप कार्ड लगायतका विषयमा थाहा पाउनु पर्ने कुराहरु

कतारले कोभिड-१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कतार आउनेहरुले पालना गर्नुपर्ने नियमका बारेमा अद्यावधिक जानकारी गराएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार गत असार २८ गतेयता लागु भएको सो मापदण्ड अनुसार कतार भ्रमण गर्नेहरुले निम्नानुसारको मापदण्ड पालना गर्नुपर्नेछ:

१. हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने ।

२. यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Permit प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने ।

३. कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको १२ महिना अवधिभित्र पून: कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नुनपर्ने ।

४.कतारले मान्यता दिएका Pfizer/BioNTech, Moderna, Astrazeneca (Coveshield/Oxford) र Jansen/Johnson&Johnson खोपको मात्रा कुनै पनि देशमा पूरा गरेको १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टिन बस्नुनपर्ने । खोप लगाएको प्रमाणपत्रमा देहायबमोजिमको जानकारी हुनुपर्ने:

राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम,

खोप लगाइएको मिति,

खोपको नाम/प्रकार,

उपलब्ध भएमा खोपको लट नम्बर, र

खोप लगाउने निकायको सही छाप

५. त्यसैगरी Sinopharm खोप लगाएका यात्रुको हकमा आगमनको बखतमा एन्टीबडी परीक्षण गरी पोजिटिभ देखिएमा क्वारेन्टिन बस्नुनपर्ने तथा नेगेटिभ देखिएमा होटल क्वारेन्टाइन बस्नुपर्ने ।

६. कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पून: प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नुनपर्ने ।

७. खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा Discover Qatar वेबसाइटबाट बुकिङ्ग गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने ।

यस बारेमा थप तथा कुनै अद्यावधिक जानकारी आवश्यक परेमा आफूले यात्रा गर्न लागेको एयरलाइन्स मार्फत जानकारी लिन सकिने कतार स्थित नेपाली दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय