साउदी आउनेलाई जोन्सन एण्ड जोन्सनको खोप लगाउन दूतावासको आग्रह

साउदी स्थित नेपाली दूतावासले छुट्टीमा नेपाल आएका र पुन: रोजगारीका लागि साउदी अरब फर्किन चाहने नेपालीलाई जोनसन एण्ड जोनसनको खोप लगाउन सूचित गरेको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै साउदी अरबमा फाइजर, अष्ट्राजिनेका, मोडेर्ना र जोनसन एण्ड जोनसनको खोपले मान्यता पाएको जनाएको हो । नेपालमा फाइजर तथा मोडेर्नाको खोप हालसम्म उपलव्ध छैन भनें अष्ट्राजिनेकाको भारतीय साझेदार कम्पनी सिरम ईस्न्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड पनि हाल उपलव्ध छैन ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै छुट्टीमा नेपाल आएकाहरुले भिषा र राहदानी देखाएर जोनसन एण्ड जोनसनको खोप लगाउन सक्ने तथा सो खोप लगाएको १४ दिन पश्चात साउदी अरब आउँदा संस्थागत क्वारेण्टिनमा बस्न नपर्ने स्पष्ट पारेको छ । वैदेशिक रोजगारमा जानेहरुलाई चर्को हवाई टिकटका साथै संस्थागत क्वारेण्टिनमा धेरै दिन बस्नुपर्दा निक्कै महँगो पर्दै आएको छ ।

दूतावासले फाइजर, अष्ट्राजिनेका र मोडेर्ना खोपको दुवै डोज वा जोनसन एण्ड जोनसन कम्पनीको एक डोज लगाएको १४ दिन कटेको भएमा, फाइजर, अष्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४ दिन कटेको भएम वा कोरोना संक्रमण भएर निको भएको ६ महिना नकटेको भएमा संस्थागत क्वारेण्टिनमा बस्नु नपर्ने स्पष्ट पारेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय