कोभिड पछि सवैभन्दा धेरै नेपाली युएईबाट फर्किए, दोश्रोमा कतारबाट फर्किनेहरु

कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपाली स्वदेश फर्केको जनाएको हो ।

सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् । सो मुलुकबाट यसबीचमा १ लाख ४५ हजार ८ सय ५२ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १५ हजार ४ सय १२ जना नेपाल फर्केका छन् ।

नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ५१ हजार ६९ जना तथा साउदी अरबबाट ४४ हजार ६ सय ७२ जना नेपाली स्वादेश फर्किएका छन् ।

कोभिड १९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार ८ सय ९६ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १६ हजार ५ सय ३ जना तथा जापानबाट १३ हजार ९ सय २६ जना नेपाल आइपुगेका छन् ।

यसबीचमा भारतबाट ३९ हजार ३ सय १० जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ६ हजार १ सय ७८ जना नेपाली स्वदेश आइपुगेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय