दूतावासलाई मदिरा र जमघटको चिन्ता

कतार स्थित नेपाली दूतावासले ईद उल अदाको अवशरमा दिइने छुट्टीको समयमा निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थानहरुमा उपभोग गरी अनावश्यक जमघट नगर्न सचेत गराएको छ ।

दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै कतारमा रहेका नेपालीलाई यस सम्वन्धमा सचेत गराएको हो । विगतका वर्षहरुमा कतारमा नेपालीले ईद लगायतका लामो छुट्टीमा सार्वजनिक स्थानमा ठूलो संख्यामा जमघट गर्ने, कतिपयले मदिरा सेवन गरेर होहल्ला गर्ने गरेका कारण दूतावासले यसमा सजग गराएको हो । मदिारको बेचविखन तथा सार्वजनिक स्थानमा उपभोग गरेर होहल्ला गर्दा त्यसले नेपालीको छवि कतारमा विग्रने भएका कारण दूतावासले समयमै यसका बारेमा सचेत गराएको हो ।

यसैगरी आगामी मंगलवार देखि बिहिवारसम्म तीन दिन दूतावास बन्द रहने भन्दै तयार भइसकेका राहदानीहरु बिदाको अवधिमा पनि प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले बिहिवार विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म वितरण गरिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ । आफ्नो राहदानी बनेको वा नबनेको बारेमा दूतावासको वेभसाइट वा दूतावासको फेसबुक पेजमा हेर्न सकिन्छ ।

विदाको समयमा कुनै अत्यावश्यक काम परेमा मोवाइल नम्वर ३३५६०११७ मा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय