कतारमा दोहा उडान सुचना क्षेत्र तथा खोजी र उद्दार क्षेत्र स्थापना गर्ने प्रस्ताव अनुमोदन

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) काउन्सिलले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र दोहा सर्च एण्ड रेस्क्यु क्षेत्र (एसआरआर) स्थापना गर्न कतार सरकारले गरेको प्रस्तावलाई सैदान्तिक सहमति प्रदान गरेको छ । आईकाओको सहमतिसंगै कतारले आफ्नो सार्वभौम एयरस्पेस र क्षेत्रीय एयरस्पेसको सुरक्षा र दक्षताका स्तरमा बृद्दि गर्नुका साथै उच्च समुद्री तटमा रहेको अन्य अन्तर्राष्ट्रिय एयरस्पेस समावेश गरी आफ्नो क्षमता बढाउंन पाउने भएको छ । आईकाओ काउन्सिलको २ सय २३ औं बैठकले कतार सरकारको प्रस्तावलाई अनुमोदन गरेको हो ।

आईकाओले कतारले गरेको प्रस्तावलाई शिकागो कन्भेन्शनले तय गरेको अनुच्छेद नम्बर १ तथा काउन्सिल महासभाको रिजोलुशन ४० को ४ ले दिएको अधिकार प्रयोग गरेर अनुमोदन गरेको जनाएको छ । यस प्रस्ताव मार्फत कतारले यस क्षेत्रकै हवाइ उडानलाई सुरक्षित तथा दिगो बनाउने उद्देश्य लिएको छ जसले विश्वकै हवार्इ क्षमता विस्तार तथा विकास गर्न मद्दत पुग्ने विश्वास आईकाओले लिएको छ ।

यसको अलावा आईकाओले हवार्इ उडान तथा हवार्इ क्षेत्र सुरक्षित गर्ने विषयलाई देशहरूबीचको आपसी सम्बन्ध, सहकार्य तथा सम्मानमा समेत निर्भर रहने बताएको छ । साथै प्राविधिक रूपमा समेत यो प्रस्तावको परीक्षण गरिने कुराको विश्वास आईकाओले दिलाएको छ ।

कतार हवार्इ उडान क्षेत्रको सुरक्षा, एयर ट्राफिक नियन्त्रण तथा सेवा सुविधा प्रदान गर्न सक्षम रहने वा नरहने विषयको जांच गरिने कुरा आईकाओले बताएको छ । साथै आईकाओले बहराइनले दशकौंदेखि सुरक्षित हवार्इ उडान सञ्चालन गरिरहेको जनाएको छ । आईकाओले बहराइन र कतार संगसंगै अन्य छिमेकी राष्ट्रलाई वार्ता र सहकार्यको माध्यमबाट हवार्इ क्षेत्र सुरक्षामा सजग रहन आह्वान गरेको छ ।

कतार सरकारले आईकाओमा सदस्य रहेका सबै राष्ट्रहरूको असाधारण सहयोगका कारण कतारले हिम्मत गर्न सकेको बताएको छ । कतारका यातायात तथा सञ्चार मन्त्री जासिम विन सैफ अलसुलैतीले कतारको प्रस्तावमा कतार मात्रै नभएर खाडी क्षेत्रका अन्य मुलुकहरूकै फाइदा रहेको बताएका छन् । उनले कतारले शिकागो सहमति तथा आईकाओ काउन्सिल रिजोलुशनको सम्मान गर्दै हवार्इ क्षेत्र सुचना तथा खोजी र उद्दार क्षेत्र स्थापना कार्यलाई प्राथमिकता दिने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय