कतार जानेहरुका लागि जुलाई १२ देखि यस्तो छ नयाँ नियम

कतार जानेहरुका लागि कतार सरकारले जुलाई १२ (सोमवार) देखि क्वारेण्टीन सम्वन्धमा नयाँ नियम जारी गरेको छ । नयाँ नियमअनुसार हरेक यात्रुले नेपालबाट तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटीभ पिसिआर रिपोर्ट साथमा राख्नुपर्नेछ ।
यसैगरी यात्रा गर्नुभन्दा ७२ घण्टादेखि कम्तीमा १२ घण्टा अगाडी अनिवार्य रुपमा एहतराज वेवसाइट मा अनलाइनबाट प्रि रजिष्ट्सन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल अथोराइजेशन प्रिन्ट गरेर साथमा लिएर यात्रा गर्नुपर्नेछ ।

यसैगरी कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले क्वारेण्टिन बस्नु पर्नेछैन । यसैगरी कतारमा मान्यता दिइएका फाइजर, मोडेर्ना, अक्सफोर्ड अष्ट्रोजेनेका र जोन्सन एण्ड जोन्सन खोपको मात्रा अन्य कुनै देशमा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले पनि क्वारेण्टीन बस्नु नपर्ने व्यवस्था भएको छ ।

कतारमा कोभिड १९ को संक्रमण भएर निको भएको १२ महिनाभित्र यात्रा गर्ने यात्रुले समेत क्वारेण्टीन बस्नु नपर्ने कतार स्थित नेपाली दूतावासले जनाएको छ । खोपको मात्रा पुरा नगरेका वा खोप नलगाएका यात्रुहरुले भनें अनिवार्य रुपमा १० दिन होटल क्वारेण्टीन बस्नु पर्नेछ । खोपको मात्रा पुरा गरेकाहरुका लागि पारिवारिक भ्रमण, व्यवसाय तथा पर्यटक भिसा जारी हुने जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: