खोप लगाएकाहरुले कतारमा क्वारेण्टिन बस्नु नपर्ने

कोरोना विरुद्दको निश्चित कम्पनीको खोप लगाएकाहरुले कतारमा क्वारेण्टिनमा बस्नु नपर्ने भएको छ । कतारले विभिन्न मुलुकहरुलाई हरियो, पहेंलो तथा रातो गरी तीन श्रेणीमा राखेको छ । खोप लगाएपनि रातो सूचिमा रहेका मुलुकबाट आउने यात्रुहरुले कतार आइसकेपछि पुन: पिसिआर परीक्षण गराउनु पर्नेछ । नेपाल कतारको रातो (खतरा) को सूचिमा छ । तसर्थ खोपको पूर्ण मात्रा लगाएपनि नेपालबाट गएका यात्रुहरुले कतार पुगेपछि पुन: पिसिआर परीक्षण भनें गराउनु पर्नेछ ।

द पेनन्सुला कतारका अनुसार नयाँ नियम आगामी जुलाई १२ देखि लागु हुनेछ । कतार आउनेहरुले कतारको “Ehteraz” website (WWW.EHTERAZ.GOV.QA) मा रजिष्टर गरेर सम्पूर्ण कागजात १२ घण्टा अगावै विवरण तथा कागजात सो वेभसाइटमा अपलोड गरेको हुनुपर्नेछ ।

कतारले हालसम्म फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ । यसैगरी चिनिया कम्पनी सिनोभ्याकद्दारा उत्पादित भेरोसेल (कोरोनाभ्याक) तथा सिनोफार्मद्दारा उत्पादित खोपलाई केहि शर्त सहित मान्यता दिएको छ ।

समाचार अनुसार भेरोसेल लगाएकाहरुको भनें कतार पुगिसकेपछि एण्टीबडी परीक्षण गरिने छ । परीक्षणमा एण्टीबडी विकास भएको देखिएमा क्वारेण्टीनमा बस्नुपर्ने छैन भनें एण्टीबडी विकास भएको नदेखिएमा क्वारेण्टीनमा बस्नुपर्नेछ ।

यसैगरी पूर्ण खोप लगाएको १४ दिन नकटेको भएमा, एक मात्रा मात्र लगाएको भएमा(जोन्सन एण्ड जोन्सन बाहेक) क्वारेण्टीनमा बस्नु पर्ने जनाइएको छ । रातो सूचिमा परेको मुलुकबाट आउने खोप नलगाएका यात्रुले होटलमा अनिवार्य १० दिन क्वारेण्टिनमा बस्नुपर्नेछ । उनीहरुले होटलमा आइपुगेपछि तथा नवौं दिनमा आफ्नै खर्चमा पिसिआर परीक्षण गर्नुपर्नेछ । नवौं दिनको परीक्षण नेटेटिभ आएमा १० औं दिनमा होटलबाट आफ्ना गन्तव्यमा जान सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: