फेसबुकबाट चिनजान, कम्बोडिया पुर्याएर बिक्री

फेसबुकबाट चिनजान गरी एक महिलालाई कम्बोडिया पुर्‍याएर बिक्री गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । कम्बोडियामा कन्सट्रक्शन तथा व्यापारको काममा मासिक एक लाख तलब पाउने आश्वासन दिएर एक महिलालाई गिरोहकै रुपमा विभिन्न रुट हुँदै कम्बोडिया पुर्‍याएर बिक्री गरेको अभियोगमा धनकुटाका ३५ वर्षीय किसान राई पक्राउ परेका हुन् ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टा हुँदै भारतको आसाम, नागाल्याण्ड, गुहाटी हुँदै मनिपुर पुर्याएको र त्यसपछि पैदलै म्यान्मारको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका राईलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए । रासस

यो पनि पढ्नुहोस् दक्षिण कोरियामा सुरु भयो कोभिडको चौथो वेभ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: