विदेशमा काम तलव फरक परेपछि एजेण्टको हत्या गरेको अभियोगमा एक पक्राउ

 

विदेशमा आफ्नो छोराले राम्रो काम नपाएपछि कपिलवस्तुमा वैदेशिक रोजगारमा पठाउने एजेन्टलाई गोली हानी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । हत्या भएका व्यक्ति कपिलवस्तु कृष्णनगर नगरपालिका १० का ५५ वर्षीय पारस पुरी हुन् ।

कपिलवस्तु प्रहरीले हत्याका मुख्य अभियुक्त भनिएका विजयनगर गाउँपालिका १ (साविक गणेशपुर गाविस–१) का ५० वर्षीय पशुपति कुर्मीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न पुरीको २०७५ चैत १७ गते राति साढे ९ बजे गोली हानी हत्या गरिएको थियो । उनको हत्या योजना अनुसार नै भएको प्रहरीले जनाएको छ ।

फरार रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेको प्रहरीको भनाई छ । पक्राउ परेका कुर्मी हिरासतमा छन् । निजलाई भारतको महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

कुर्मीले आफ्ना छोरालाई बहराइनमा वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्ट पुरीले १ लाख १५ हजार रूपैयाँ लिएको बताएका छन् । तर विदेश पठाएपछि उनका छोराले भनेजति तलब र काम पाएनन् ।

विदेशमा पिडित बनेपछि कुर्मीले एजेन्टसँग विदेश जानु अघि लिएको रकम फिर्ता माग्दा नपाएपछि भारतमा बसेर मार्ने योजना बनाएको खुलेको प्रहरीको भनाई छ । योजनापछि नेपाल आएका कुर्मी सहित अरु दुई जनाले पुरीको घरमा पुगेर पैसा फिर्ता माग्दा पैसा नदिएपछि कटुवा पेस्तोलले हानेर हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य दुई जनाको खोजि भईरहेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: