बैंकका कर्मचारीहरुको मागः हामीलाई सामाजिक सुरक्षामा सूचिकृत गरियोस्

 

बैंक, वित्तीय तथा सहकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्द गराउन बैंक, वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्सु) ले माग गरेको छ । सामाजिक सुरक्षा कोषलाई ज्ञापन पत्र बुझाउँदै यूनियनले यस्तो माग राखेको हो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन बाफ्सुले बैंक, वित्तीय तथा सहकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा आम–श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न र योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न प्रभावकारी कदम चाल्न माग गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ ट्रेड युनियनहरुको दवाव,संघर्ष र लविङ्बाट प्राप्त साझा उपलब्धि भएको यूनियनको ठहर छ ।

बाफ्सुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, “योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयनको दिशामा अगाडी बढ्दै गर्दा यसलाई असफल बनाउने उद्देश्यले दुषित मनसाय बोकेका केही दलाल पुँजिपति वर्गका मतियारहरुले सामाजिक सञ्जाल मार्फत अनावश्यक भ्रमको खेती गर्दे गरेको टिप्पणी प्रति हाम्रो संघको गम्भिर ध्यानाकर्षण भएको छ ।”

देशको संविधान तथा कानुन अनुसार निर्वाचित प्रधानमन्त्री कम्यूनिष्ट विचारधाराको भएको कारण आफ्ना कार्यकर्ता अनि झोला र झन्डा बोक्नेका लागि ल्याईएको कोष भनी दुष्प्रचार गर्नु यथास्थितीमा रमाउन चाहने परिवर्तन विरोधीहरुले लगाएको आरोप मात्र भएको बाफ्सुको भनाई छ । निहीत स्वार्थ राखेर ऐन कानुनको उपहास र अपहेलना गर्दै भ्रम सिर्जना गर्नेहरुलाई नियमन र नियन्त्रण गर्न यूनियनले माग गरेको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा श्रमिकले खाईपाई आएको सुबिधा कटौती हुने भन्ने कुरा भ्रमपुर्ण रहेको भन्दै खाईपाई आएको सुविधा कटौती गर्न नपाईने भनि सर्वोच्च अदालतले नै गरेको फैसला नजिरको रुपमा रहेको बाफ्सुले जनाएको छ । उचित श्रम अभ्यास र श्रमिकको सामुहिक सौदावाजीको अधिकार मार्फत प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धी हासिल गर्न सकिन्छ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको यूनियनको भनाई छ ।

कोषले योगदानकर्ताको संचित रकममा ८ प्रतिशत ब्याज दिने भनी भर्खरै गरेको निर्णय स्वागत योग्य रहेको भन्दै समय सापेक्ष रचनात्मक ढंगले प्राप्त सुझावहरुलाई आत्मसाथ गर्दै श्रमिकहरुको अधिकतम हितमा कोषले काम गर्दै अगाडी बढ्ने कुरामा कुनै दुविधा नरहेको यूनियनको ठहर छ ।

कतिपय बैक वित्तीय तथा वीमा कम्पनीका सञ्चालकहरुले सामाजिक सुरक्षा कोषमा सुचीकृत भएर पनि श्रमिकको रकम दाखिला नगरेको, आफैले भोगचलन गरेको, र सामाजिक सुरक्षा कोषमा योगदान रकम जम्मा गर्न आग्रह गर्दा खाईपाई आएको सुबिधा कटौती गर्ने धम्की दिएको पाईएको यूनियनले जनाएको छ ।

कोषले संचालन गरेका स्किमहरु मार्फत श्रमिकहरुका जीवनमा सकारात्मक परिर्वतन ल्याउनका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बाफ्सुले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: