साउदी आउने नेपालीको क्वारेण्टिनको खर्च रोजगारदाताको: दूतावास

साउदी अरबमा रोजगारीका लागि आउने नेपालीको क्वारेण्टिन वापतको रकम रोजगारदाताले व्यहोर्नु पर्ने भएको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदी अरबमा आउने श्रमिकहरुको संस्थागत क्वारेण्टिनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको छ ।

दूतावासले विज्ञप्ती जारी गर्दै छुट्टीमा घर गएर साउदी फर्किन लागेका नेपाली श्रमिकहरुले संस्थागत क्वारेण्टिनको खर्चका बारेमा आफ्नो रोजगारदातासँग कम्पनीसँग कुरा गर्न अनुारेध गरेको छ । नयाँ आउने श्रमिकहरुको क्वारेण्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेण्टिनको नाममा हुनसक्ने सम्भाव्य ठगिबाट बच्न समेत दूतावासले अनुरोध गरेको छ ।

सात दिनको संस्थागत क्वारेण्टिन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेण्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय