आइडी नविकरण नगरे ५ सय देखि १ हजार रियाल जरिवाना, अटेर गरे स्वदेश फर्काउने

साउदी अरबले विदेशी नागरिकलाई आवासिय अनुमति नविकरण नगरे कारवाही हुने जनाएको छ । साउदी अरबको पासपोर्ट विभागका प्रमुखले आवासिय अनुमति पत्रका म्याद सकिनु कम्तिमा तीन दिन अगावै नविकरण गर्न र जरिवानाबाट बच्न सुझाव दिएको स्थानीय सञ्चार माध्यमहरुले लेखका छन् ।

आइडी नविकरण गर्न चाहने व्यक्तिले अव्सार वा वेभसाइट मोकीम मार्फत नविकरण प्रकृया गर्नुपर्ने जनाइएको छ । समयमै आइडी नविकरण नगरेमा पहिलो पटकका लागि ५ सय रियाल, दोश्रो पटक भएमा १ हजार रियाल र तेश्रो पटक भएमा स्वदेश फर्काइने जनाइएको छ ।

साउदी अरबमा एक करोड भन्दा बढी विदेशी नागरिक छन् । यो साउदी अरबको कुल जनसंख्याको ३४ दशमलव ८ प्रतिशत हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: