श्रम मन्त्रालयको थप जिम्मेवारी मन्त्री श्रेष्ठलाई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई तोकिएको छ । मन्त्री श्रेष्ठलाई श्रम मन्त्रालयका अलावा बन तथा वातावरण, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार पनि तोकिएको छ ।

यसैगरी अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ र कानुन मन्त्री लिलानाथ श्रेष्ठलाई पनि थप मन्त्रालयहरुको कार्यभार तोकिएको छ ।

गत जेठ २१ र २७ गते गरिएको मन्त्री परिषद विस्तारका क्रममा थपिएका मन्त्रीहरु त्था राज्यमन्त्रीहरुलाई सर्वोच्च अदालतले काम नगर्नु, गर्न नदिनु भनेर अन्तरिम आदेश जारी गरेपछि मन्त्रीपरिषद प्रधानमन्त्री सहित पाँच सदस्यमा मन्त्रीपरिषद खुम्चिएको छ । सोही कारण वहालवाला मन्त्रीहरुलाई नै थप मन्त्रालयहरुको जिम्मेवारी दिइएको हो ।

यो पनि पढ्नुहोस् सामाजिक सुरक्षा कोषमा सहभागि गराउन निर्माण श्रमिकको माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: