विदेशबाट हालसम्म ४ लाख ६६ हजार नेपाली नागरिकको उद्दार: सिसिएमसी

कोभिड-१९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता सरकारले सञ्चालन गरेको उद्दार तथा नियन्त्रीत संख्याको उडानबाट हालसम्म ४ लाख ६६ हजार ८ सय १ जना नेपाली नागरिक विभिन्न मुलुकबाट स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले असार ९ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपालीको उद्दार गरिएको जनाएको छ ।

सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् । सो मुलुकबाट यसबीचमा १ लाख ४२ हजार ३ सय ९१ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १० हजार १ सय ४८ जना नेपाल फर्केका छन् ।
नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ४९ हजार ३ सय ५२ जना तथा साउदी अरवबाट ४२ हजार ८ सय ७ जना नेपाली स्वादेश फर्किएका छन् ।

कोभिड-१९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार २ सय ३ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १४ हजार ४ सय ७६ जना तथा जापानबाट १३ हजार ७ सय ६३ जना नेपाल आइपुगेका छन् । यसबीचमा भारतबाट ३८ हजार १७ जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ५ हजार ५ सय १४ जना नेपाली स्वदेश आइपुगेका छन् ।

यसबीचमा सवैभन्दा कम सोमालियाबाट एकजना, ट्यूनिसिया, अर्मेनिया र चेकगणतन्त्रबाट २ २ जना तथा अष्ट्रियाबाट ३ जना नेपाल फर्केको सिसिएमसीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: