२४ जुन देखि ३० जुनसम्मका लागि अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुन २४ देखि ३० तारिखसम्मका लागि अन्तराष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । सोही तालिका अनुसार उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्दारा जारी विज्ञप्तीमा जुन २४ (विहिवार) दोहा तथा ईस्तानबुलमा उडान हुनेछ । यसैगरी शुक्रवार जापान तथा दिल्लीका लागि उडान तोकिएको छ । शनिवार दोहा, ईस्तानबुल र अबुधावीको लागि उडान तय भएको छ ।

आइतवारका लागि दोहाबाट दुई उडानका साथै दुवई, क्वालालम्पुर तथा कुवेतका लागि उडान तय गरिएको छ । सोमवार दुवई, दमाम तथा दोहाबाट उडान हुनेछन् । मंगलवारका लागि दोहा, ईस्तानबुल, दुवई तथा अम्मानका लागि उडान हुने तालिका छ । यसैगरी जुन ३० (बुधवार) का दिन दुवई, दमााम, दोहा तथा कुवेतका लागि उडान तोकिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: