मलेसिया, साउदी, युएई लगायतमा उडान खोल्ने सरकारको निर्णय, कतारमा उडान थपियो

सरकारले कोभिड १९ को संक्रमण केहि मत्थर भएसँगै केहि मुलुकहरुबाट नियमित उडानको संख्या बृद्दि तथा केहि थप मुलुकबाट उडान सुचारु गर्ने भएको छ । गत असार ७ गतेको मन्त्रीपरिषद बैठकले केहि मुलुकमा नियमित दुई तर्फी उडान सुरु गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णयसँगै अव कतारबाट साप्ताहिक रुपमा चार उडान हुनेछन् । त्यसमध्ये दुई उडान नेपाल वायुसेवाको हुनेछ भनें दुई उडान स्थानीय वायु सेवाको हुनेछ । यसैगरी नेपालबाट युएईको दुवईमा पनि सातामा चार उडान हुनेछ । त्यसका लागि पनि नेपाल वायुसेवाको दुई तथा संयुक्त अरव ईमिरेट्सको वायुसेवाको दुई उडान हुने तोकिएको छ ।

मलेसियामा पनि सातामा चार उडान हुनेछन् । यसका लागि नेपाल वायुसेवाका लागि दुई उडान तोकिएको छ भनें स्थानीय वायुसेवाका लागि दुई उडान तोकिएका छन् ।

साउदी अरेवियाका लागि सातामा दुई उडान तोकिएका छन् । दुवै उडान नेपाल वायुसेवाको हुनेछ । यसैगरी कुवेतका लागि पनि सातामा दुई उडान नेपाल वायुसेवाले गर्नेछ ।

काठमाडौंबाट ओमानको मस्कट तथा जापानमा नेपाल वायुसेवाकै सातामा एक-एक उडान हुनेछन् । दक्षिण कोरियाको सियोलबाट भनें दक्षिण कोरियाको वायुसेवाले नै सातामा एक उडान गर्नेछ ।

टर्कीको ईस्तानबुलमा नेपालबाट साताको दुई उडान हुनेछ । दुवै उडान टर्किस एयरलाइन्सका लागि छुट्याइएको छ । सो गन्तव्यमा यस अगाडी पनि टर्किस एयरलाइन्सले नै उडान भर्दै आएको छ ।

चीनको छेन्दु तथा काठमाडौं ग्वाङझाओमा नेपाल एयरलाइन्स तथा स्थानीय एयरलाइन्सका एक-एक गरी दुवै सेक्टरमा सातामा दुई-दुई उडान खोल्ने निर्णय मन्त्री परिषदले गरेको हो ।

ति मुलुकमा कहिले देखि उडान सुरु गर्ने भन्ने विषयमा बुधवार निर्णय हुन सक्ने पर्यटन मन्त्रालय श्रोतले जनाएको छ । नियमित दुईतर्फी उडानको व्यवस्था मिलाउने जिम्मेवारी मन्त्रीपरिषदले पर्यटन मन्त्रालयलाई दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: