मन्त्रालयमा तीन हप्ता पनि बस्न पाएनन् नयाँ श्रम मन्त्री

सर्वोच्च अदालतको आदेशसँगै श्रममन्त्री विमल प्रसाद श्रीवास्तव तीन हप्ता नपुग्दै श्रम मन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका छन् । गत जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा व्यापक फेरवदल गर्दै जनता समाजवादी पार्टीका नेताहरुलाई भित्रियाउँदा श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका थिए । तर मंगलवार सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरेको मन्त्रीमण्डल विस्तारलाई वदर गरिदिएपछि श्रीवास्तव सहित २० मन्त्री पदमुक्त भएका हुन् ।

श्रीवास्तवसँगै मन्त्रीबाट पदमुक्त हुनेहरुमा उपप्रधानमन्त्रीद्दय रघुवीर महासेठ र राजेन्द्र महतो तथा मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ रहेका छन् । यसैथरी राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशा कुमारी विक पनि पदमुक्त भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: