कतारले १० लाख दर्शकलाई कोरोना विरुद्दको खोप दिने

कतारले सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता हेर्न आउने १० लाख विदेशी दर्शकलाई कोरोना विरुद्दको खोप दिने भएको छ । कतिपय मुलुकले कोरोना विरुद्दको खोप लगाउन अझै नसकेको भन्दै खोप नलगाएका व्यक्तिलाई रंगशालामा पस्न नदिइने भन्दै त्यस्ता व्यक्तिलाई कतारले आफैं खाप लगाइदिने बताएको हो ।

कतारका प्रधानमन्त्री तथा आन्तरिक मामिला मनत्री शेख खालिद बीन अलिफा बीन अव्दुल्लाह अल थानीले कतारका पत्रिकाहरुका प्रधानसम्पादकहरुसँग पहिलो पटक बोल्दै यस्तो जानकारी दिएका हुन् । द पेनन्सुला कतारका अनुसार प्रधानमन्त्री अलथानीले विश्वकप फुटवल हेर्न आउने र पूर्ण रुपमा खोप लगाउन असमर्थहरुलाई कतारले नै खोप लगाइदिने बताएका हुन् । फिपा विश्वकप सुरु हुँदा अधिकाँश मुलुकहरुले आफ्ना नागरिकलाई पूर्ण रुपमा खोप लगाएका हुने छैनन्, उनले भनेको उधृत गर्दै समाचारमा लेखिएको छ, त्यस्ता व्यक्तिलाई सोझै रंगशालामा प्रवेश गर्न दिइने छैन । उनीहरुलाई खोप लगाउन विभिन्न कम्पनीहरुसँग छलफल भइरहेको उनले बताए ।

उनले ति दर्शकहरुलाई खोप लगाउन आवश्यक पर्ने १० लाख डोज भ्याक्सिन खरिद गर्न छलफल भइरहेको प्रधानमन्त्री अल थानीले बताएका हुन् । हाम्रो प्राथमिकता भनेको विश्वकप फुटवल हेर्न आउने व्यक्तिहरुलाई खोप लगाएर हाम्रा नागरिकहरुलाई सुरक्षित बनाउनु हो, अल थानीले भनेका छन्, साथसाथै फुटवल प्रतियोगिता हेर्न आउने दर्शकहरुलाई पनि सुरक्षित बनाउनु हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: