सेक्यूरिटी गार्डलाई भ्याक्सिन दिन माग

मलेसियामा सेक्यूरिटी गार्ड उपलव्ध गराउने कम्पनीहरुको छाता संस्था सेक्यूरिटी ईण्डस्ट्री एशोसिएसन अफ मलेसिया (पिआईकेएम) ले सुरक्षा गार्डहरुलाई प्राथमिकताका साथ अविलम्व कोरोना विरुद्दको खोप लगाउन सरकारसँग माग गरेको छ ।

पिआईकेएमका अध्इष रामली युसुफले मलेसियामा ९ सय वटा सेक्यूरिटी कम्पनीहरु रहेको र तिनिहरुले विभिन्न कम्पनीहरु तथा सरकारी निकायमा सुरक्षा गार्ड उपलव्ध गराउँदै आएको बताएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

एक लाख २० हजार भन्दा बढी सुरक्षा गार्डहरु आफ्नो कार्यक्षेत्रमा सुरक्षा प्रदान गर्न खटिने गरेको र समुदायको सुरक्षा गरिरहेका छन् उनले भने त्यसमध्ये बहुसंख्यक २५ देखि ६० बर्ष उमेर समुहका छन् । उनले बहुसंख्यक नेपाली सुरक्षा गार्ड रहेको र त्यसमध्ये हालसम्म धेरैलाई कार्यक्षेत्रमा रहेको समयमा कोभिडको संक्रमण नदेखिएको बताए । तर कोभिड १९ विरुद्दको खोप व्यवस्थापन गर्दै आएको निकायलाई पत्राचार गर्दै सुरक्षा गार्डहरुलाई खोपमा प्राथमिकता दिन आग्रह गरिएको र सरकारले आफूहरुको आग्रह सुन्ने अपेक्षा गरिएके रामलीले बताएको समाचारमा जनाइएको छ ।

उनले खोपका लागि अनलाइन मार्फत फारम भर्न सुझाव प्राप्त भएको पनि बताए । ७० हजार जति सुरक्षा गार्ड विभिन्न मल, बैंक, खुद्रा पसल तथा अन्य व्यवसायीक क्षेत्रमा खटिने गरेको भन्दै उनीहरुलाई खोप लगाउनु आवश्यक रहेको सो एशोसिएसनले तर्क गरेको छ । मलेसियामा अस्पताल, विद्यालय, सरकारी निकायमा थप ५० हजारको हाराहारी सुरक्षा गार्ड कार्यरत रहेको एशोसिएसनले जनाएको छ ।

सुरक्षा गार्डहरु अन्य सेवाग्राहीसँग नजिकमा रहेर काम गर्ने र उनीहरुलाई खाप दिइएमा मात्र ति सेवाग्राही पनि सुरक्षित हुने कुरा नभुल्न आग्रह गरिएको छ । यसैगरी सुरक्षा गार्डहरु पनि अग्रभागमा खटिएर काम गर्ने भएका कारण उनीहरुको सुरक्षामा ध्यान दिन आवश्यक रहेको एशोसिएसनले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: