खुम्चिएको वैदेशिक रोजगार

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ लाख ६६ हजार भन्दा धेरै नेपालीहरु रोजगारीका लागि विदेशिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा संस्थागत, व्यक्तिगत (नयाँ, पुन: श्रम स्वीकृति र वैधानिकरण) श्रम स्वीकृति लिएर १ लाख ६६ हजार ५ सय ६६ जना नेपालीह विदेशिएका हुन् । यसमध्ये नयाँ श्रम स्वीकृति लिएर ७७ हजार १२ जना र पुन: श्रम स्वीकृति लिएर ८९ हजार ५ सय ५४ जना विदेशिएका छन् । गत आर्थिक वर्ष २०७६र७७ को १० महिनाको अवधिमा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर १ लाख ९३ हजार ८ सय ८० नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीले गर्दा वैदेशिक रोजगार क्षेत्र प्रभावित बन्दा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकरण) लिनेको संख्या ६०.३ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले तथ्याङ्क अनुसार गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालु आवको सोही अवधिमा ६०.३ प्रतिशतले गिरावट आएको देखाएको हो ।

कोरोना भाइरस महामारीका कारण श्रम गन्तव्य मुलुकहरु मलेसिया, कुवेत लगायत देशले नेपालबाट श्रमिक लिएका छैनन् । कतार, साउदी, ओमान, युएई (सरकारी र गैरसरकारी क्षेत्रमा मात्र) लगायत देशले नेपालबाट श्रमिक लगेपनि अन्तर्राष्ट्रिय उडान बन्द, लकडाउन र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगार प्रभावित बन्दै आएको छ ।

पुन: श्रम स्वीकृति लिनेको संख्या पनि चालु आवमा ४९ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनाको अवधिमा पुन: श्रम स्वीकृति लिएर जाने युवाको संख्या १ लाख ७५ हजार ५ सय ५१ जना थियो भने चालु आवमा सो संख्या घटेर ८९ हजार ५ सय ५४ जनाले मात्रै पुन: श्रम स्वीकृति लिएका छन् ।

कुन देशमा कति ?
चालु आवको १० महिनाको अवधिमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्याको आधारमा कतार एक नम्बरमा परेको छ । १८ हजार ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति र २८ हजार ६ सय ८४ जनाले पुन श्रम स्वीकृति लिएर कुल ४७ हजार ५७ जना कतारमा गएका छन् ।

४५ हजार ८ सय ५६ जनाले श्रम स्वीकृति लिएर युएई गएका छन् । यसैगरी ४४ हजार ८ सय १३ जनाले श्रम स्वीकृति लिएर साउदी अरब गएका छन् । मलेसियामा ५ हजार १ सय ४३, बहराइनमा ४ हजार ५ सय १०, ओमन ३ हजार ५०, कुवेतमा २४ सय ४१ जनाले नयाँ र पुन: श्रम स्वीकृति लिएर नेपालीहरु विदेशिएका छन् ।
साझासवालबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: