श्रमिकले रोपे १० हजार बढी विरुवा

निर्माण श्रमिकहरुको यूनियन नेपाल विजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्यूपेक नेपाल) का सदस्यहरुले आफ्नो यूनियनको स्थापना दिवसका अवशरमा देशभरीमा झण्डै १० हजार विरुवा रोपेका छन् । विरुवा रोपौं, अक्सिजन बढाऔं भन्ने नाराका साथ वृक्षारोपण गरिएको हो । वृक्षारोपण गर्दा आँप, लिचि, कटहर जस्ता फलफूलका विरुवा रोप्न आग्रह गरिएको थियो ।

क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईटेलका अनुसार सो क्रममा सवैभन्दा धेरै बर्दियाको मानझुण्डी सामुदायिक बनमा ४ हजार ५ सय विरुवा रोपिएको छ । यसैगरी सर्लाहीको सागरनाथ वनमा ३ हजार ५ सय विरुवा रोपिएको छ । मोरङका दुई स्थानमा गरेर एक हजार, कैलालीमा ५ सय तथा नवलपरासीमा पनि ५ सय विरुवा सार्वजनिक स्थानमा रोपिएको छ । यूनियनका सदस्यहरुले व्यक्तिगत रुपमा देशभरीमा थप १ हजार ५ सयको हाराकारीमा विरुवा रोपेको अध्यक्ष लुईंटेलले बताए ।

क्यूपेक नेपालका अध्यक्ष लुईंटेलले गत बर्ष पनि बन्दाबन्दीको समयमा परेको यूनियनको स्थापना दिवसका अवशरमा वृक्षारोपण गरिएको र यसबर्ष त कोभिड-१९ का कारण अक्सिजनको महत्वका बारेमा अझ स्पष्ट भएको भन्दै ठूलो संख्यामा वृक्षारोपण गरिएको बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय