मलेसियाले विदेशी श्रमिकलाई कहिले दिन्छ कोरोना विरुद्दको खोप ?

मलेसियाको जोहरबारुमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत धन बहादुर कुमालले कोभिड-१९ विरुद्दको खोप लगाउन गत मार्चमा फारम भरे । तर खोप कहिले लगाउन पाइन्छ भन्ने उनलाई अझै पनि जानकारी छैन । जाजरकोटका २७ बर्षे कुमाल झण्डै ५ बर्षदेखि मलेसियामा कार्यरत छन् ।

उनले हालसम्म तीनपटक कोभिड-१९ को परीक्षण गराइसके । यस अगाडी क्वालालम्पुर कार्यरत रहँदा उनले त्यहि दुईपटक परीक्षण गरा एभनें एकपटक जोहरबारुमा नै स्वाब दिए । उनलाई हालसम्म कोभिडको संक्रमण भनें भएको छैन । कोभिडको संक्रमण हुनु अगावै कोभिड विरुद्दको खोप लगाउन पाए हुन्थ्यो भन्ने आशमा रहेका कुमालको पालो कहिले आउँछ, अझै यकिन छैन । यस अगाडी मलेसियाले खोप अभियानको तेश्रो चरण जुन महिनामा सुरु हुने र सो क्रममा विदेशी श्रमिकलाई खोप दिइने बताएको थियो ।

कुमाल जस्तै जोहरबारुमा कार्यरत विदेशी श्रमिकहरु कोभिड १९ विरुद्दको खोप कहिले लगाउन पाइन्छ भन्ने व्यग्र पर्खाइमा छन् । धन बहादुर जस्तै भारतीय नागरिक सञ्जु कुमारले पनि गत फेब्रुअरीमा सुरु भएको खोपका लागि नाम दर्ता गराउने अभियानमा आफ्नो नाम दर्ता त गराएका छन्, तर उनको अवस्था पनि धन बहादुरको जस्तै छ ।

यो पनि पढ्नुहोस् खोपमा विदेशी श्रमिकलाई वेवास्ता गर्नु उनीहरु प्रति अन्याय

मलेसियामा कोभिड-१९ विरुद्दको खोप कार्यक्रमका संयोजक विज्ञान प्रविधि मन्त्री खायरी जमालुद्दिनले केहि अगाडी विदेशी श्रमिकलाई खोप लगाउने विषयमा सम्वन्धित रोजगारदाता नै जिम्मेवार हुनु पर्ने बताएका थिए । यसैगरी सुरुमा मलेसियन नागरिकलाई खोप लगाइसकेपछि मात्र विदेशी नागरिकलाई खोप लगाइनु पर्ने आवाज समेत मलेसियामा उठेको छ । तर श्रमिक अधिकारको पक्षमा कार्यरतहरुले भनें यो विदेशी श्रमिक प्रति अन्याय हुने र बाँकी विश्वमा पनि मलेसियाको अनुहार देखाउन लायक नरहने भन्दै खोपमा सवैलाई पहुँच दिन आग्रह गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् मलेसियामा विदेशी श्रमिकलाई कोरोनाको खोप दुई महिनापछि मात्रै

श्रमिकको अधिकार पक्षमा आवाज उठाउँदै आएका नर्थ साउथ इनिसिएटीभका कार्यकारी निर्देशक एड्रिन परेराले केहि समय अगाडी देशपरदेशसँग कुराकानी गर्दै आप्रवासी श्रमिकको जिम्मेवारी पनि सम्वन्धित श्रमिक कार्यरत मुलुकको नै हुने भन्दै खोपमा मलेसियाले विदेशी श्रमिकलाई उत्तिकै प्राथमिकता दिनु पर्ने बताएका थिए । नर्थ साउथ ईनिसिएटीभले यस बारेमा निरन्तर आवाज उठाउँदै आएको छ ।

खोप अभियानका क्रममा विदेशी नागरिकको मलेसिया बसाई वैधानिक वा अवैधानिक के हो भन्ने कुरा नहेरिने पनि उच्च सरकारी अधिकारीहरुले बताउँदै आएका थिए । तर पछिल्लो समयमा आफ्नै नागरिकहरुलाई खोप लगाउँदै आएको मलेसियाले विदेशी श्रमिकका सम्वन्धमा कुनै निर्णय गरेको छ । यसले मलेसियामा लाखौंको संख्यामा कार्यरत विदेशी श्रमिकलाई अन्यौलमा पारेको छ ।

यो पनि पढ्नुहोस् मलेसियामा विदेशीलाई कोरोना विरुद्दको खोप नि:शुल्क, ‘अवैधानिक’ले पनि सुविधा पाउने

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: