खोपमा विदेशी श्रमिकलाई वेवास्ता गर्नु उनीहरु प्रति अन्यायः रोजगारदाता

मलेसियाका रोजगारदाताहरुले विदेशी श्रमिकलाई समयमै कोरोना विरुद्दको खोप दिनु भनेको मुलुकलाई नै लाभ भएको बताएका छन् । उनीहरुले विदेशी श्रमिकलाई खोप दिन कुनै ढिलाई गर्न नहुने समेत बताएको मलेसियाका सञ्चार माध्यमले लेखेका छन् ।

फ्रि मलेसिया टुडेका अनुसार मलेसियाका रोजगारदाताहरुको संगठनले विदेशी श्रमिकलाई सुरुमै निःशुल्क खोप दिने वा नदिने भन्ने विषयको झगडाले कसैलाई पनि फाइदा नहुने बताएका हुन् । उनीहरुले विदेशी नागरिकलाई कोरोना विरुद्दको खोप नदिएसम्म मुलुकलाई कोरोनामुक्त बनाउन नसकिने धारणा राखेका हुन् ।

मलेसियाको सारवाकका सहायक मुख्यमन्त्रीले करदाताले तिरेको रकमबाट खरिद गरिएको खोप निःशुल्क रुपमा विदेशी श्रमिकलाई दिन नहुने धारणा राखेपछि रोजगारदाताहरुको सो धारणा सार्वजनिक भएको हो । ति सहायक मुख्यमन्त्रीले विदेशी श्रमिकलाई खोप लगाउनु रोजगारदाताको दायित्व भएको बताएका थिए ।

तर मलेसियन रोजगारदाताहरुको संगठन फेडेरेशन अफ मलेसियन म्यानुफ्याक्चररका उपाध्यक्ष नाथन के सुफियाले विदेशी श्रमिकले मलेसियाको अर्थतन्त्रमा पुर्याएको योगदानलाई हेरेर पनि उनीहरुलाई प्राथमिकता क्रममा तथा निःशुल्क रुपमा खोप दिइनुपर्ने बताए । उनले विदेशी श्रमिक पनि मलेसियन समाजको एक अंग भएको र उनीहरुलाई वेवास्ता गर्न नमिल्ने बताए । “खोपमा विदेशी श्रमिकलाई वेवास्ता गर्नु उनीहरु प्रति अन्याय हुन्छ” उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय