सरकारी कर्मचारीको तलव बढ्यो, पत्रकारलाई नि:शुल्क उपचार सुविधा

आगामी आर्थिक वर्ष देखि पत्रकारले सरकारी अस्पतालमा नि:शुल्क उपचार पाउने भएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले यस्तो घोषणा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटमा नेपाल पत्रकार महासंघका सदस्यहरुलाई यस्तो नि:शुल्क उपचारको व्यवस्था हुने जनाएका हुन् ।

यसैगरी पत्रकारले ७ लाखसम्मको वीमा गर्दा त्यसमा लाग्ने प्रिमियममा ५० प्रतिशत सरकारले व्यहोरिदिने भएको छ ।

यसैबीच सरकारी कर्मचारी तलवमा मासिक २ हजार वृद्दि भएको छ । उनीहरुले प्राप्त गर्दै आएको महँगी भत्तालाई यथावत राखिएको छ । सरकारी कर्मचारीहरुको पनि १० लाख बरावरको बीमा, १ लाखको स्वास्थ्य बीमा गर्ने व्यवस्था सरकारले गरेको छ ।

यो पनि पढ्नुहोस् बजेटमा श्रम रोजगार क्षेत्र: सामाजिक सुरक्षा र रोजगारीका कार्यक्रमहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय