कतार सहित तीन मुलुकको नियमित उडान खुल्दै

चार्टर्ड उडानले यात्रु ठगेको आलोचना पश्चात सरकारले कतार सहित तीन मुलुकमा आगामी जेठ १८ गतेदेखि नियमित उडान खोल्ने भएको छ । मन्त्री परिषदको विहिवारको बैठकले कतारको दोहाका साथै चीन र टर्कीको ईस्तानबुलमा उडान खोल्ने भएको हो । ति स्थानमा साताको एक उडान हुनेछ ।

नेपालबाट विदेश जानेका सार्थ विदेशबाट नेपाल आउने पनि खुल्ला गरिएका कारण नेपाल आउनेहरुले पुरा गर्नुपर्ने स्वास्थ्य मापदण्ड पनि बनाइएको छ । जसअनुसार खोपको मात्रा पुरा गरेका था पिसिआर नेगेटीभ रिपोर्ट सहित आउने यात्रुलाई १० दिन होम आइसोलेशनमा बस्नेगरी छोडिने छ । यसैगरी खोपको एक मात्रा लगाएका तर पिसिआर रिपोर्ट नेगेटिभ एमा भनें ति यात्रुले काठमाडौैको होटलमा तीन दिन क्वारेण्टीनमा बस्नुपर्नेछ । त्यसरी बस्ने व्यक्तिले लाग्ने खर्च स्वयंले व्यवहार्नु पर्नेछ ।

कुनै मुलुकबाट आउनेहरुले खोप नलगाएको भएमा त्यस्ता व्यक्तिले होटलमा १० दिन क्वारेण्टीनमा बस्नुपर्नेछ । यसरी आउनेहरुको साथमा पनि पिसिआर नेगेटिभ रिपोर्ट भनें अनिवार्य छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: