कोरोना संक्रमित श्रमिकको नि:शुल्क उपचार, खोपमा प्राथमिकता र स्वरोजगारीको व्यवस्था गर्न माग

विश्व ट्रेड युनियन महासंघ (डव्लूएफटीयू) मा आवद्द नेपालका आठवटा ट्रेड युनियनहरुले संयुक्त अपिल गर्दै कोरोना महामारीबाट विरामी परेका श्रमिकहरुलाई नि:शुल्क उपचार, खोपमा प्राथमिकता, रोजगारी गुमाएकाहरुलाई स्वरोजगारी सिर्जना लगायतमा सरकारको ध्यानाकर्षण गराएका छन् । डव्लूएफटीयू, समन्वय समिति नेपालले अर्थमन्त्री विष्णु पौडेल तथा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई सोही अनुरोध अनुरुप ध्यानाकर्षण पत्र समेत पठाएको छ ।

आठवटा यूनियनहरुको अपिलमा कोरोनाका कारण रोजगारी र आम्दानी गुमाएका श्रमिकहरु र वेरोजगारहरुलाई लक्षित गरेर स्वरोजगारी सिर्जना गर्न सबै रोजगारीमुलक सरकारी कार्यक्रम, कल्याणकारी कोषमा जम्मा भएको रकमलाई एकिकृत गरेर न्यूनतम एक खर्बको “रोजगारी र राहत कोष“ खडा गर्न माग गरिएको छ । यस्तो रकम स्थानीय सरकारहरुको सिफारिसमा परियोजनाका आधारमा विना ब्याज सापट नगद हस्तान्तरण गर्न पनि माग गरिएको छ ।

यसैगरी कोरोनाको महामारीको समयमा अस्थायी, करार र ज्यालादारी श्रमिकहरुको रोजगारी सुनिश्चित गर्न र उनीहरूलाई सामाजिक सुरक्षामा आबद्ध गरि सामाजिक सुरक्षाका आर्थिक सुविधा उपलब्ध गराउन पनि यूनियनहरुले माग गरेका छन् ।

कोरोना उपचारमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाका साथै उच्च मनोबलका साथ सेवामा जुटनका लागि पर्याप्त आर्थिक सुविधा र वीमा रकम वृद्धि गर्न पनि माग गरिएको छ ।

यसैगरी बैदेशीक रोजगारीमा गएर कोरोना महामारीको कारण समस्यामा परेका श्रमिकहरुको जीवन सुरक्षा, खानपिन र उपचारको ब्यबस्थाका लागि सम्बन्धित देशका सरकारलाई यथोचित व्यवस्था गर्न कुटनीतिक नियोगहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न र स्वदेश फर्किन चाहेका नेपाली श्रमिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने ब्यवस्था गर्न पनि माग गरिएको छ ।

अपिल विश्व ट्रेड यूनियन महासंघ, समन्वय समिति नेपालका तर्फबाट संयोजक प्रमलकुमार खनाल, सहसंयोजक मोहनमान स्वाँर, पेशागत महासंघ, नेपालका संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक मणि श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अण्टुक) का अध्यक्ष लोकराज भुषाल, नेपाल ट्रेड युनियन फेडरेशनका अध्यक्ष मधु विसी, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष चिराग कुँवर, महासचिव रामेश्वर श्रेष्ठ, क्रान्तिकारी ट्रेड युनियन महासंघका राजन तिमल्सिना, नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमल्सिना, प्रगतिशील नेपाल ट्रेड युनियन महासंघका केदार गिरीले जारी गरेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: