कतारमा ५७ प्रतिशतले पाए कोरोना विरुद्दको खोप

कतारमा शनिवारसम्ममा ५७ दशमलव ३ प्रतिशत व्यक्तिले कम्तीमा एक मात्रा कोभिड १९ विरुद्दको खोप लगाएका छन् । खोप लगाउन योग्य उमेर समूहका व्यक्ति मध्ये सो संख्याले एक मात्रा भएपनि खोप पाएको कतारी सञ्चार माध्यम द पेनन्सुला कतारले जनाएको छ ।

समाचार अनुसार ६० बर्षभन्दा माथिका ९० प्रतिशत भन्दा धेरै व्यक्तिले खोप लगाएका छन् । त्यसमध्ये झण्डै ८५ प्रतिशतले खोपको दुई मात्रा नै लगाएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८ हजार २ सय ८७ व्यक्तिलाई कोभिड १९ विरुद्दको खोप दिइएको जनाइएको छ । हालसम्म कतारमा २२ लाख ६१ हजार ९ सय ३ मात्रा खोप लगाइसकिएको छ । कतारले आप्रवासी श्रमिकलाई पनि खोप लगाउने कार्य गर्दै आएको छ ।

कतारले फाइजर तथा मोडेर्नाको खोप लगाउँदै आएको छ । कतारमा पछिल्लो समयमा कोरोना लगभग नियन्त्रणको स्थितिमा रहेको छ । शुक्रवार कतारमा ३ सय ३० व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो भनें २ जनाको मृत्यु भएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय