चौधरी पुन: श्रम मन्त्री

प्रधानमन्त्री पुन: नियुक्त भएका केपी शर्मा ओलीले पुरानै मन्त्रीहरुलाई मन्त्रीमण्डलमा दोहोर्याएका छन् । सोही अनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पुन: गौरीशंकर चौधरीले पाएका छन् । तत्कालिन माओवादी परित्याग गरेका चौधरी तेश्रोपटक श्रम मन्त्रीमा नियुक्त भएका हुन् । सुरुमा पुष ५ को कदम पश्चात केपी शर्मा ओली समूहमा पुगेपछि मन्त्रीमा नियुक्त भएका चौधरी माओवादीले साँसदबाट हटाएपछि दोश्रोपटक नियुक्त भएका थिए ।

प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेसँगै श्रम मन्त्री चौधरीले पनि बिहीबार नै मन्त्री पदको सपथ लिएका छन् । संसदमा बहुमत सिद्द गर्न नसकेपछि गत बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरु पनि पदमुक्त भएका थिए । तर नयाँ सरकार गठनमा अन्य दलहरुले बहुमत प्रस्तुत गर्न नसकेपछि ओली सँसदको ठूलो दलको संसदिय दलको प्रमुखको हैसियतमा पुन: प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले एक महिना भित्रमा संसदमा बहुमत प्रमाणित गर्नुपर्नेछ ।

मन्त्री चौधरी लगायत ओली मन्त्री मण्डलका यस अगाडीकै मन्त्रीहरुले पुन: मन्त्रीका रुपमा आजै सपथ ग्रहण गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: