वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

कोभिड-१९ का कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ । गैरेको काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार हुँदा हुँदै निधन भएको हो ।

कोभिडको संक्रमण भएपछि उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना भएका गैरेको स्वास्थ्य अवस्था गम्भीर भएपछि केएमसीमा सारिएको थियो । बुधबार गैरेको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि रातिदेखि उनलाई भेन्टिलेटरमा सारेर उपचार गरिएको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष गैरे नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: