नेपाली सहित चार मुलुकबाट आउनेलाई मलेसियाको बन्देज

मलेसियाले नेपाल सहित चार मुलुकबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने भएको छ । कोभिड १९ को नयाँ भेरियण्टको तिव्र फैलावट भएको भन्दै मलेसियाले नेपालसँगै बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट आउनेहरुलाई बनदेज लगाएको हो । भारतमा हुने आउजाउमा यसअगाडी नै बन्देज लागिसकेको छ ।

बरिष्ठ मन्त्री ईस्माली साव्री याकोबले यात्रा बन्देज लगाइने बताएपनि त्यसको मिति भनें नखुलाएको द स्टारले लेखेको छ । उनले कुनै पनि प्रकारको भिसा भएकाहरुलाई पनि ति मुलुकबाट आएमा प्रवेशमा बन्देज लगाइने उनले बताएका छन् । कुटनीतिक तथा सरकारी राहदानीवाहकहरु भनें अपवाद हुनेछन् ।

मलेसियाले भारतमा हुने उडान गत अप्रिल २८ मा स्थगित गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय