विभागले अनलाइनबाट मात्र सेवा दिने

वैदेशिक रोजगार विभागले कोभिड १९ को महामारीका कारण अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनबाट मात्र श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) स्थगन गर्ने निर्णय गरिएको विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले बताएका छन् ।

नेपाल सरकारले दोस्रो चरणको कोभिड १९ को संक्रमणको व्यापकताको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निणय गरिसकेको छ । सरकारले काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म लकडाउन गरेका कारण यो समयावधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिइसकेको छ । सो समयावधि सम्मका लागि विभाग माताहतका कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु स्थगन गर्ने निर्णय गरिएको महानिर्देशक दवाडीले जानकारी दिए ।

विभागको निर्देशन अनुसार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रुपमा उपस्थित भै लिइने सेवाहरु (अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रुपमा उपस्थित भै लिइने पून: श्रम स्वीकृति) वैशाख २४ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाइएको छ । ताहाचल कार्यालयले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पून: श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता कार्यहरु सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ । (साझासवालबाट साभार)

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय