भारतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुग्यो

यो साता भारतमा थप १० जना सहित नेपाल बाहेकका मुलुकमा ११ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो सातामा साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोनामुक्त भएका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थपकोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म ३ लाख ३६ हजार ३० जना संक्रमित पुगेकोमा ८४ दशमलव ५ प्रतिशत अर्थात २ लाख ८३ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतवार सांझसम्म ३हजार ३ सय २५ जनाको निधन भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय