कुनै पनि मार्गबाट विदेश जान आउन रोक्न आग्रह

सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेको भन्दै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक वाह्य पर्यटनका लागि कहीं कतै जाने कामहरु पूर्ण रुपमा नगर्नरनगराउन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै कुनै पनि सार्वजनिक स्थलमा जाने, भिडभाड गर्ने कामहरु बन्द गराउन पनि आव्हान गरेको छ ।

मन्त्रालयले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको पनि बताएको छ । स्वास्थ्य मन्त्रालयले उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले अगाडी भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’ मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय