विदेशबाट फर्केर स्वदेशमा उद्यममा संलग्न पराजुलीले पाए उत्कृष्ट राष्ट्रिय उद्यमीको पुरस्कार, ८ जनालाई ५० हजार राशीको उद्यमी पुरस्कार

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा नै उद्यम गरिरहेकाहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट उद्यमी पुरस्कार यस वर्ष रुपन्देहीका शिव पराजुलीलाई प्रदान गरिएको छ । एक लाख नगद राशी सहितको सो पुरस्कार मन्त्रालयद्दारा आज आयोजित भर्चुअल कार्यक्रमका वीच पराजुलीलाई घोषणा गरिएको हो । उनले देवदह ९ सितलनगर, रुपन्देहीमा सूर्या ईन्डष्टिज प्राली सञ्चालन गर्दै आएका छन् ।

यसैगरी ५० हजार नगद राशी सहितको उद्यमी राष्ट्रिय पुरस्कार रुपन्देहीकै भुदुर प्रसाद थारु, मोरङका सनोज कुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीका धुनबहादुर राई तथा शम्भुजित राई (संयुक्त), नवलपुरका गोविन्द नन्द महतो, नवलपरासीका चुरामणी चौधरी तथा झापाका ज्ञानेन्द्र सम्वाहम्फेलाई प्रदान गरिएको छ ।

मन्त्रालयद्दारा भर्चुअल रुपमा आयोजित कार्यक्रममा पुरस्कृत भएका शिव पराजुली, भोजराज पुवाली तथा ज्ञानेन्द्र सम्वाहम्फेले वैदेशिक रोजगारीको अनुभवका आधारमा स्वदेशमा नै विभिन्न प्रकारका उद्यम पेशा व्यवसायबाट आय आर्जन गरी स्वदेशी उत्पादन र उद्यमशीलता विकास गर्न आफैं लागि पर्ने तर्फ प्रकाश पारेको मन्त्रालयद्दारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

सो अवशरमा श्रम मन्त्री गौरी शंकर चौधरीले पुस्स्कृत उद्यमीहरुलाई बधाई दिंदै सरकारले आगामी दिनमा पनि स्वदेशमा नै श्रम, सीप र पुँजी परिचालन गरी हुन सक्ने रोजगारी सिर्जना र आयमूलक काममा प्रोत्साहन मिलोस् भनेर यस प्रकारको पुरस्कार तथा सम्मान गर्न थालिएको बताए ।

श्रम मन्त्रालयका अनुसार गत २०७७ पुष २८ गते मन्त्रालयद्दारा माग गरिएको आवेदनमा ८५ वटा निवेदन प्राप्त भएका थिए । पुरस्कार छनौटको कार्यविधिमा उल्लेखित ७ वटा छनौटका आधारमा उनीहरु छनौट भएको मन्त्रालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: