कतारी रियाल साथमा भए साटिहाल्नुस्, बैशाख २७ पछि नेपालमा साटिंदैन

कतारी रियालको हाल चलनचल्तिमा रहेको मुद्रा आगामी वैशाख २७ गतेभित्र साटिसक्न नेपाल राष्ट्र वैंकले सुचना जारी गरेको छ । हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारी रियाललाई आगामी जुलाई १ तारिख देखि हटाउने कतार सरकारले निर्णय गरेको छ ।

नेपाल राष्ट्र वैंकले एक विज्ञप्ती जारी गर्दै आगामी असार १७ देखि कतार सरकारले हाल चलनचल्तिमा रहेको मुद्रा हटाउन लागेको हुँदा बैशाख २७ अगावै सटही गरिसक्न आग्रह गरेको छ ।

बैंकले प्रचलित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकको बैंकिंग विभाग, बैंकिंग कारोवार गर्ने प्रदेशस्थित कार्यालयहरु, विदेशी मुद्राको विनिमय गर्ने ईजाजत पाएका अन्य बैंक तथा तिनका कार्यालयहरु, मनी चेञ्जर लगायतबाट रियाल सटही गर्न सकिने विज्ञप्तीमा जनाइएको छ । बैशाख २७ पश्चात हालको कतारी रियाल सटही गर्न बैंक बाध्य नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: