दूतावासको अपिल: सतर्क रहनुस्

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन कुवेत स्थित नेपाली दूतावासले अपिल गरेको छ । दूतावासले सूचना जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

“हालैको समयमा कुवेतमा कोभिड १९ को संक्रमण दर बढिरहेको र कोभिडका कारण ज्यान गुमाउनेको संख्या समेत बढिरहेको भन्दै बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले अवलम्बन गरेबमोजिमको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउनु हुन यस दूतावास कुवेतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछ” दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

“कोभिड-१९ संक्रमणविरुद्ध यहाँहरूले अपनाउदै आएका उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने/नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा ह्याण्ड स्यानिटाइजरले नियमित रूपमा हात सफा गर्ने, खानपान लगायत स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा र रुघाखोकी, ज्वरो जस्ता कोरोनाका लक्षणहरू देखापरेमा नजिकैको स्वास्थ्य केन्द्र र अस्पतालमा तुरुन्तै सम्पर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछ” दूतावासले आग्रह गरेको छ ।

कोभिड १९ का कारण कुवेतमा नेपालीको समेत मृत्यु बढेपछि दूतावासले सुचना निकालेर सचेत रहन अपिल गरेको हो । यहि साता कुवेतमा दुई नेपालीले कोभिडका कारण ज्यान गुमाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: