विदेशी श्रमिकलाई स्वास्थ्य बीमा अनिवार्य बनाउने कानुन सुरा काउन्सीलद्दारा पारीत

कतारको सुरा काउन्सीलले विदेशी श्रमिकका लागि समेत स्वास्थ्य बीमा अनिवार्य गर्नेगरी तयार पारिएको नयाँ कानुन पारित गरेको छ । कतारमा रोजगारीका लागि आउने तथा भ्रमणमा आउनेहरुको पनि अनिवार्य स्वास्थ्य बीमा गर्ने सो कानुनमा व्यवस्था छ ।

दोहान्यूजका अनुसार मोम्मद अल मोहमुदको अध्यक्षतामा बसेको काउन्सीलको बैठकले सो कानुनको मस्यौदामा छलफल गरी पारीत गरेको हो । सो कानुनमा आवासिय अनुमति जारी हुनु अगाडी विदेशी श्रमिकको स्वास्थ्य बीमा गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसले कतारमा रहँदा कुनै स्वास्थ्य समस्या आईपरेमा उपचारका लागि समस्या नहुने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

यो नयाँ कानुन लागु भएमा कतारको भ्रमण गर्नेहरु तथा आप्रवासी श्रमिकले उनीहरुको बसाई अवधिको स्वास्थ्य बीमा गरिएको प्रमाण पेश गर्नुपर्नेछ । आप्रवासी श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने भएका कारण यस्तो शुल्क रोजगारदाताले श्रमिकसँग लिन पाउँदैनन् । सो कानुन पारीत गर्दै सरकारलाई पठाइएको जनाइएको छ ।

खाडीका मुलुकहरुमा सरकारले बनाउने कानुन लागु हुनुपूर्व सुरा काउन्सीलमा राय सल्लाहका लागि पठाउनु पर्दछ । सुरा काउन्सीलले सो ऐनमा गरिएको प्रावधानलाई ईस्लाम धर्मको दृष्टिकोणबाट हेर्ने गर्दछ । सामान्यतथा सुरा काउन्सीलबाट पारीत भएको कानुनलाई मन्त्रीपरिषदले पारित गर्ने र निश्चित समयावधि पश्चात त्यो कार्यान्वयनमा आउने गर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय